विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा
काठमाडौं: वायु प्रदूषणको अवस्थालाई लिएर गरिएका पछिल्ला मापनहरूमा काठमाडौं विश्वका प्रदूषित सहरहरूको सूचीमा ११औँ स्थानमा परेको छ। आईक्यूएयरले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ पुगेको छ।
यो सूचकांकलाई स्वास्थ्यका दृष्टिकोणले अस्वस्थकर मानिन्छ। वायु गुणस्तरको यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
आईक्यूएयरको सोही तथ्यांकअनुसार पाकिस्तानको लाहोर २७० एक्यूआईसहित विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा छ। त्यस्तै, बंगलादेशको ढाका २१९ एक्यूआईसहित दोस्रो, भारतको कोलकाता १९८ एक्यूआईसहित तेस्रो र अफगानिस्तानको काबुल १८४ एक्यूआईसहित चौथो स्थानमा रहेका छन्। सूचीमा भारतको दिल्ली पाँचौँ, इन्डोनेसियाको जकार्ता छैटौँ र पाकिस्तानको कराँची दसौँ स्थानमा छन्। बुधबार बिहान ५ देखि ६ बजेसम्मको तथ्यांकका आधारमा यो सूची तयार पारिएको हो।
ताजा अपडेट
-
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौं ११औँ स्थानमा
-
ठमेल र दरबारमार्गपछि अब पूरै काठमाडौं २४ घण्टा खुला गर्ने तयारी
-
हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार
-
विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
-
एनपीएलको इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

प्रतिक्रिया