निर्वाचन आयोगले सुरु गर्यो स्थानीय तहको निर्वाचन तयारी
काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। तयारीस्वरूप आयोगले आज विभिन्न राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको छ।
आयोगले आज बिहान ११:३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न दलका नेताहरूलाई आमन्त्रण गरिएको जानकारी दिए। प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो।”
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदै छ। सोही कारण आयोगले निर्वाचनको मिति घोषणा र व्यवस्थापनका लागि गृहकार्य अघि बढाएको हो।
आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका सम्बन्धमा दलहरूको सुझाव लिन उक्त बैठक बोलाएको जनाएको छ। राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको छ।
ताजा अपडेट
-
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान
-
एलपीजी ग्यासमा बढी मूल्य लिने स्टोरलाई २ लाख रुपैयाँ जरिवाना
-
मङ्सिरदेखि श्रमिकको दैनिक ज्याला १ हजार ७०० रुपैयाँ हुने
-
धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, नौ घाइते
-
निर्वाचन आयोगले सुरु गर्यो स्थानीय तहको निर्वाचन तयारी

प्रतिक्रिया