NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ५ गते

धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, नौ घाइते

धादिङ: धादिङमा गएराति बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य नौ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार रुबीभ्याली गाउँपालिका-४ की ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी राति २ बजेतिर उकालो सडकमा अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो।

गाडीमा कुल १० जना सवार थिए। दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ र विस्तृत विवरण आउन बाँकी छ।

ताजा अपडेट

नेपालवाच विशेष