NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ५ गते

मङ्सिरदेखि श्रमिकको दैनिक ज्याला १ हजार ७०० रुपैयाँ हुने

काठमाडौं: भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मङ्सिर महिनादेखि श्रमिकको दैनिक ज्याला १ हजार ७०० रुपैयाँ पुग्ने बताएका छन्। जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लम्सालले श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय सार्वजनिक गरेका हुन्।

हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै कमाइरहेको उल्लेख गर्दै मन्त्री लम्सालले यो निर्णयबाट विशेषगरी मधेसका श्रमिक बढी लाभान्वित हुने बताए। उनले भने, ‘देश मधेसले बनाउँछ, किनकि सबैभन्दा बढी बेल्चा चलाउने श्रमिक मधेसमै छन्। यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ।’

मन्त्री लम्सालले मधेसको विकास र स्थानीय नागरिकको जीवनस्तर सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए। साथै, उनले मुलुकभर पूर्वाधार विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष