NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ५ गते

एलपीजी ग्यासमा बढी मूल्य लिने स्टोरलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएकोभन्दा बढी मूल्य असुल्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।

उपभोक्ताले ‘हेलो सरकार’को वेब पोर्टलमार्फत ग्यास सिलिन्डरमा बढी मूल्य लिइएको भन्दै गुनासो दर्ता गराएका थिए। सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको अनुगमन टोलीले सम्बन्धित स्टोरमा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा कैफियत भेटिएपछि स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ।

हेलो सरकारले उपभोक्ताको गुनासोका आधारमा तत्काल कारबाही प्रक्रिया अघि बढाएको भन्दै विभागलाई धन्यवाद दिएको छ।

साथै, उपभोक्ता ठगी वा सार्वजनिक सेवासम्बन्धी समस्या भए निःशुल्क टेलिफोन नम्बर ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गराउन सरकारले आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष