मतपत्र बलियो कागजमा छापिएको छ, चपाउने कोसिस नगरौं : थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको मतपत्र अलिक बलियो कागजमा छापिएको बताएका छन् । कडा भएकाले त्यसलाई चपाउने प्रयास नगर्न उनको आग्रह छ ।
‘यो वर्षको मतपत्र अलिक बलियो कागजमा छापिएको छ,’ विगतमा मतपत्र नै च्यात्ने घटना भएका थिए । मतगणनास्थलको सुरक्षा व्यवस्था के छ भन्ने कान्तिपुरको प्रश्नमा थपलियाले भनेका छन्, ‘त्यसैले चपाउन कठिन हुन्छ । प्रयत्न नगर्नुहोस् ।’
थपलियाका अनुसार, मतदानस्थलमा यस पटक सिसिटिभी जडान गरिएको छ । स्थानीय तहसँगको समन्वयमा जडान गरिएको सिसिटिभी आयोगबाट हेर्न सकिन्छ ।
निर्वाचनको माहोल राम्रो बने पनि महिला सहभागिता र समावेशिताको दृष्टिकोणले उल्लेखनीय नहुने आशंका थपलियाको छ । दलहरूले उम्मेदवारी दिँदा कानूनमा भएका प्रावधान आफ्नो अनुकूलतामा व्याख्या गरेको थपलियाको बुझाइ छ ।
‘कानूनमा भएका प्रावधान सकारात्मक रूपमा लिएर त्यसमा भएको भन्दा बढी समानुपातिक र समावेशी बनाउनुपर्नेमा त्यसलाई गलत व्याख्या गरी संकुचन गरियो । सहभागिता भनेको नेतृत्व र संख्या पनि हो । सहभागिता भनेको गुणात्मक परिवर्तन ल्याउने पनि हो,’ उनले भने ।
कुनै दलबाट परेको एकभन्दा बढी उम्मेदवारीको आधिकारिकता जाँच गरेर एकको रद्द हुने थपलियाले प्रष्ट पारे । आन्तरिक विवादका कारण कतिपय स्थानीय तहमा एकै पदमा दुईभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया