मतपत्र बलियो कागजमा छापिएको छ, चपाउने कोसिस नगरौं : थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस वर्षको मतपत्र अलिक बलियो कागजमा छापिएको बताएका छन् । कडा भएकाले त्यसलाई चपाउने प्रयास नगर्न उनको आग्रह छ ।
‘यो वर्षको मतपत्र अलिक बलियो कागजमा छापिएको छ,’ विगतमा मतपत्र नै च्यात्ने घटना भएका थिए । मतगणनास्थलको सुरक्षा व्यवस्था के छ भन्ने कान्तिपुरको प्रश्नमा थपलियाले भनेका छन्, ‘त्यसैले चपाउन कठिन हुन्छ । प्रयत्न नगर्नुहोस् ।’
थपलियाका अनुसार, मतदानस्थलमा यस पटक सिसिटिभी जडान गरिएको छ । स्थानीय तहसँगको समन्वयमा जडान गरिएको सिसिटिभी आयोगबाट हेर्न सकिन्छ ।
निर्वाचनको माहोल राम्रो बने पनि महिला सहभागिता र समावेशिताको दृष्टिकोणले उल्लेखनीय नहुने आशंका थपलियाको छ । दलहरूले उम्मेदवारी दिँदा कानूनमा भएका प्रावधान आफ्नो अनुकूलतामा व्याख्या गरेको थपलियाको बुझाइ छ ।
‘कानूनमा भएका प्रावधान सकारात्मक रूपमा लिएर त्यसमा भएको भन्दा बढी समानुपातिक र समावेशी बनाउनुपर्नेमा त्यसलाई गलत व्याख्या गरी संकुचन गरियो । सहभागिता भनेको नेतृत्व र संख्या पनि हो । सहभागिता भनेको गुणात्मक परिवर्तन ल्याउने पनि हो,’ उनले भने ।
कुनै दलबाट परेको एकभन्दा बढी उम्मेदवारीको आधिकारिकता जाँच गरेर एकको रद्द हुने थपलियाले प्रष्ट पारे । आन्तरिक विवादका कारण कतिपय स्थानीय तहमा एकै पदमा दुईभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया