NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ७ गते

 सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं: नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ।

आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५ रुपैयाँमा कायम भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष