सुनको भाउमा पुनः वृद्धि, तोलामा १४ सयले बढ्यो
काठमाडौं- सुनको मूल्यमा आज पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सोमबार र मंगलबार गरी दुई दिनमा सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको थियो। गत कात्तिक २३ गतेदेखि एक साताको अवधिमा सुनको भाउ निरन्तर घट्दा ४१ हजार ७ सय रुपैयाँले सस्तिएको थियो।
गत वर्षको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन सुनको भाउ तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो। त्यसयताको करिब १० महिनाको अवधिमा सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँले घटिसकेको छ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ। गत माघ १५ गते चाँदीको मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दु कायम भएको थियो। यसको तीन दिनपछि माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै उच्च गिरावट हो।

प्रतिक्रिया