NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ११ गते

डिजिटल हिंसाविरुद्ध प्रहरीको अपरेसन, २४ घण्टामा नौ जना पक्राउ

काठमाडौं । महिला तथा बालबालिकामाथि अनलाइनमार्फत हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। ‘अपरेसन डिजिटल स्वाभिमान’ नाम दिइएको अभियानअन्तर्गत २४ घण्टामै नौ जना पक्राउ परेका छन्।

प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको संयुक्त टोलीले अभियान सञ्चालन गरेको हो।

साइबर ब्युरेका एसपी दीपकराज अवस्थीका अनुसार अनलाइन दुर्व्यवहार गर्ने, अपमानजनक टिप्पणी गर्ने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा नक्कली खाता बनाएर भ्रम फैलाउने व्यक्तिलाई लक्षित गरी कारबाही अघि बढाइएको हो।

अभियानअन्तर्गत बुधबार ६ जना र बिहीबार तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा टोखाबाट आशिष तामाङ, ललितपुरबाट रोहितविक्रम राणा, न्युरोडबाट फेसल एजाज, सिनामंगलबाट विमल दर्जी खत्री, उदयपुरबाट सुवास कार्की र बानेश्वरबाट चिरञ्जीवी सापकोटा रहेका छन्। त्यस्तै, कास्कीबाट दुई जना नाबालक पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार महिला तथा बालबालिकामाथि हुने डिजिटल हिंसाका घटना न्यूनीकरण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष