सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने नौ जना पक्राउ
काठमाडौं- सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकालाई दुर्व्यवहार, धम्की र चरित्रहत्या गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरो र विभिन्न प्रहरी कार्यालयले सञ्चालन गरेको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नक्कली खाता बनाएर अश्लील सामग्री पठाउने, पूर्वप्रेम सम्बन्ध टुटेपछि व्यक्तिगत तस्बिर सार्वजनिक गर्ने र ब्ल्याकमेलिङ गर्ने व्यक्तिहरू रहेका छन्। मङ्सिर ९ गते छ जना र मङ्सिर १० गते तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका सबैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए।
पक्राउ पर्नेमा काठमाडौँका आशिष तामाङ, ललितपुरका रोहित विक्रम राणा, काठमाडौँमा बस्दै आएका महमद फेसल एजाज, विमल दर्जी खत्री, दिलबहादुर मगर, सुवास कार्की र चिरञ्जीवी सापकोटा रहेका छन्। त्यसैगरी, पोखराबाट १५ र १६ वर्षका दुई बालकलाई पीडितको सामाजिक सञ्जाल ह्याक गरी रकम माग गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।
प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकालाई लक्षित गरी हुने अनलाइन दुर्व्यवहारका घटनाहरूमा वृद्धि भएको जनाएको छ। प्रहरीले आगामी दिनमा पनि ‘अपरेसन डिजिटल अनर’ अभियानलाई निरन्तरता दिने र यस्ता कसुरमा संलग्नहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। साइबर अपराधबाट पीडितहरूलाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा उजुरी दिन प्रहरीले आग्रह गरेको छ।
ताजा अपडेट
-
अस्ट्रेलियामा लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै, आधाभन्दा बढी नागरिकको प्रयोग
-
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने नौ जना पक्राउ
-
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
डिजिटल हिंसाविरुद्ध प्रहरीको अपरेसन, २४ घण्टामा नौ जना पक्राउ
-
फरक स्वाद,फरक उर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

प्रतिक्रिया