अस्ट्रेलियामा लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै, आधाभन्दा बढी नागरिकको प्रयोग
काठमाडौं: अस्ट्रेलियामा अवैध लागुऔषध सेवन गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको एक सरकारी प्रतिवेदनले देखाएको छ। अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले बिहीबार सार्वजनिक गरेको सन् २०२५ को राष्ट्रिय लागुऔषध रणनीति घरपरिवार सर्वेक्षणअनुसार १४ वर्ष वा सोभन्दा माथिका ५१ प्रतिशत अस्ट्रेलियालीले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध प्रयोग गरेको पाइएको छ।
यस्तो दर सन् २०२२-२३ मा ४७.३ प्रतिशत रहेको थियो भने सन् २००१ मा यो तथ्याङ्क ३७.७ प्रतिशत मात्र थियो। प्रतिवेदनका अनुसार सर्वेक्षणमा सहभागी १८.३ प्रतिशतले पछिल्लो १२ महिनाभित्र अवैध लागुऔषध सेवन गरेको बताएका छन्। अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोग हुने अवैध लागुऔषधमा गाँजा अग्रस्थानमा छ भने कोकिनको प्रयोग पनि बढ्दो छ। सन् २००१ मा ४.४ प्रतिशत रहेको कोकिन प्रयोगकर्ताको सङ्ख्या सन् २०२५ मा १५.६ प्रतिशत पुगेको छ।
लागुऔषधको प्रयोग बढ्दै गए पनि जोखिमपूर्ण रूपमा मदिरा सेवन गर्नेको सङ्ख्या भने घटेको छ। सन् २०२५ मा जोखिमपूर्ण स्तरमा मदिरा सेवन गर्नेको अनुपात २६.१ प्रतिशतमा झरेको छ, जुन सन् २०२२-२३ मा ३०.७ प्रतिशत र सन् २००१ मा ३८.१ प्रतिशत थियो। एआईएचडब्ल्यूका प्रवक्ता एलिस्टेयर बिस्लीले मदिरा अझै पनि अस्ट्रेलियामा बढी प्रयोग हुने पदार्थमध्ये एक भए पनि जोखिमपूर्ण सेवनको दर घट्नु सकारात्मक भएको बताउनुभयो।
यसैगरी, दैनिक सुर्तीजन्य पदार्थ सेवन गर्नेको दरमा पनि निरन्तर गिरावट आएको छ। सन् २००१ मा १९.५ प्रतिशत रहेको दैनिक धूमपान गर्नेको अनुपात सन् २०२२-२३ मा ८.३ प्रतिशत र सन् २०२५ मा ५.६ प्रतिशतमा झरेको प्रतिवेदनले उल्लेख गरेको छ।
ताजा अपडेट
-
अस्ट्रेलियामा लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै, आधाभन्दा बढी नागरिकको प्रयोग
-
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने नौ जना पक्राउ
-
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
डिजिटल हिंसाविरुद्ध प्रहरीको अपरेसन, २४ घण्टामा नौ जना पक्राउ
-
फरक स्वाद,फरक उर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

प्रतिक्रिया