ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ ।
भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ । ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो ।
बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो । आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ।
यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदैै आइरहेको छ ।
यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु-याउँदै आएको छ ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने
-
बर्सेनि एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
-
यी ७ निर्माण कम्पनी १ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा
-
डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

प्रतिक्रिया