यी ७ निर्माण कम्पनी १ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा
काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।
१ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

ताजा अपडेट
-
यी ७ निर्माण कम्पनी १ वर्षदेखि अढाई वर्षका लागि कालोसूचीमा
-
डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु
-
La приложение: платёжные методы и вывод средств в La Casino
-
अस्ट्रेलियामा लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै, आधाभन्दा बढी नागरिकको प्रयोग
-
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने नौ जना पक्राउ

प्रतिक्रिया