चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन
काठमाडौं । चितवन मेडिकल कलेजले ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ । कलेजले बिरामीलाई २४ घण्टा सेवा दिने गरी ट्रमा सेन्टर सञ्चालनमा ल्याएको हो ।
घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाही घाइते प्राथमिकतामा नपर्ने भएकाले छुट्टै ट्रमा सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।
साथै उनले घाइतेको उपचारमा अझ बढी ध्यान पुगोस भनेर उक्त सेवा सुरु गरेको समेत बताए । उक्त ट्रमा सेन्टरमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्ष, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप तथा ट्रमा वार्ड रहेको छ ।
त्यस्तै ट्रमा सेन्टरमा घाइते परीक्षणका लागि आवश्यक पर्ने एक्सरे, सिटीस्क्यान, एमआरआई लगायत सम्पूर्ण सुविधा उपलब्ध रहेको सघन उपचारसम्बन्धि विशेषज्ञ डाक्टर वसन्त गौलीले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया