४ दिनदेखि १२ वर्षीय बालक बेपत्ता

काठमाडाैं । वैशाख १२ गतेदेखि एक जना बालक बेपत्ता भएका छन् । बझाङ, खप्तड छान्ना गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल काठमाडाैंको स्युचाटारमा बस्दै आएका सुमन साउद नाम गरेका बालक बेपत्ता भएका हुन् ।
उनी सो दिन करिब १० बजेको समयमा साथीसँग खेल्न भनी निस्केको त्यसपछि घर नफर्केको बेपत्ता बालकको आफन्तले बताए । त्यही दिन दिउँसो ३ बजेदेखि बालक सम्पर्कबीहिन भएको र उनको खोजीको लागि प्रहरी कार्यालय टेकुमा निवेदन पनि दिइसकेको उनले जानकारी दिए । आजसम्म पनि बेपत्ता बालकको कुनै पत्ता नलागेकोले उनको खोजीकार्य जारी भइरहरहेको जनाइएको छ ।
बेपत्ता बालक काकासँग बस्दै आएका थिए । उनका बाबुआमा भने रोजगारीको सिलसिलामा भारतमा छन् ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया