४ दिनदेखि १२ वर्षीय बालक बेपत्ता
काठमाडाैं । वैशाख १२ गतेदेखि एक जना बालक बेपत्ता भएका छन् । बझाङ, खप्तड छान्ना गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल काठमाडाैंको स्युचाटारमा बस्दै आएका सुमन साउद नाम गरेका बालक बेपत्ता भएका हुन् ।
उनी सो दिन करिब १० बजेको समयमा साथीसँग खेल्न भनी निस्केको त्यसपछि घर नफर्केको बेपत्ता बालकको आफन्तले बताए । त्यही दिन दिउँसो ३ बजेदेखि बालक सम्पर्कबीहिन भएको र उनको खोजीको लागि प्रहरी कार्यालय टेकुमा निवेदन पनि दिइसकेको उनले जानकारी दिए । आजसम्म पनि बेपत्ता बालकको कुनै पत्ता नलागेकोले उनको खोजीकार्य जारी भइरहरहेको जनाइएको छ ।
बेपत्ता बालक काकासँग बस्दै आएका थिए । उनका बाबुआमा भने रोजगारीको सिलसिलामा भारतमा छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया