नेपालको अगुवाइमा एशिया-अफ्रिका (एए २०) बैठक
काठमाडौं । नेपालको अगुवाइमा जापानमा रहेका एशिया-अफ्रिका क्षेत्रका दूतावासहरू र तिनीहरूको व्यवसाय विस्तारको खोजीमा रहेका विभिन्न जापानी कम्पनीबीच प्रत्यक्ष सम्पर्क कायम गर्न मद्दत पुर्याउने समूह (एए २०) बैठक हालै टोकियोमा सम्पन्न भएको छ ।
जापानका पूर्वअर्थमन्त्री कोरिकी जोजिमा, जापान सरकारका विभिन्न निकायका प्रतिनिधि, विभिन्न एशियाली र अफ्रिकी देशका राजदूत, नेपाली व्यापारी समुदायका प्रतिनिधिको उपस्थितिमा टोकियोस्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त बैठकमा नेपालमा जापानी निजी क्षेत्रको लगानी आकर्षित गर्ने विभिन्न आकर्षक परियोजनाबारे विस्तृत जानकारी दिइएको थियो ।
बैठकका प्रमुख वक्ता जाइकाको आन्तरिक रणनीति तथा साझेदारी विभागका वरिष्ठ सल्लाहकार शौहेई सुगीताले नेपालमा पर्यटन, जलविद्युत्लगायत लगानीका आकर्षक क्षेत्र रहेका बताउँदै जापानी लगानीकर्तालाई नेपालमा प्राप्त अवसरको लाभ उठाउन आग्रह गरेका थिए ।
बैठकपछि नेपाली कलासंस्कृतिको विविधता झल्कने प्रवद्र्धनात्मक भिडियो प्रदर्शनीसँगै अतिथिहरूलाई नेपाली र जापानी खानाले स्वागत सत्कार गरिएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया