ओमआदि फाउण्डेसनले दियो दुई पालिकालाई एम्बुलेन्स
काठमाडौं । ओमआदि फाउण्डेसनले दुई पालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । फाउण्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
बालयोगी गुरु आदित्यको सदिच्छाबमोजिम सेवामूलक काम गर्न गत वैशाखमा कोरोना तीव्र भएदेखि आदित्य जनहित कल्याण कोष स्थापना भएको थियो । कोषका महासचिव भोलानाथ रेग्मीले कोषले यस वर्ष दुई एम्बुलेन्स हस्तान्तरण गरेको बताए । कोषमा बालयोगी आदित्यका शिष्यले इच्छाबमोजिम सहयोग जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सोही जम्मा भएको रकमबाट देशको पूर्व र पश्चिमका दुई दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको महासचिव रेग्मीले जनाए ।
फाउण्डेसनले गत वैशाखमा तीव्र रुपमा फैलिएको कोरोना महामारीको बेला देशका विभिन्न जिल्लामा औषधी, अक्सिजन तथा खाद्यान्न सहयोग गरेको थियो ।
ताजा अपडेट
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी


प्रतिक्रिया