आईजिपी नियुक्ति बदरको माग गर्दै एआईजीद्वय सर्वोच्चमा
काठमाडौं । प्रक्रिया मिचेर आईजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै दुई एआईजी सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले वरिष्ठता मिचेर आईजिपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले वारेसनामामार्फत् सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
अर्का एआईजी सहकुलबहादुर थापाले पनि आइजिपी नियुक्ति खारेजीको माग गर्दै रिट दर्ता गर्दैछन् ।
मन्त्रिपरिषद् बैठकले आइतबार वरिष्ठता मिचेर सिंहलाई आइजिपी बनाइएको भन्दै दुवै एआईजी असन्तुष्ट थिए । कानुन व्यावसायीसँगको संवादपछि उनीहरू अदालतसम्म पुगेका हुन् ।
सिंह पोखरेलभन्दा १६ महिना र थापा ९ महिना जुनिएर रहेको दाबी गरिएको छ । यसैले सिंहको नियुक्ति बदरको माग गर्दै उनीहरू अदालत पुगेका हुन् ।
आईजिपी सिंहले नियुक्ति लिएर फुली पनि लगाइसकेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया