थप ९ जनामा संक्रमण, १८ जना कोरोनामुक्त

काठमाडाैं । कोरोना भाइरसको संक्रमण आज ९ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २११ रहेका छन् । पछिल्लो समय १८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएको जिल्लाको संख्या ३१ पुगेको छ । नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २०९ संस्थागत आइसोलेशनमा दुई र सघन उपचार कक्षमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा १६ हजार १० जनाले खोप लगाएका छन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया