बन्द प्रशिक्षण छोडेका १० खेलाडीको बुझाए एन्फालाई पत्र

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट विद्रोह गरेका १० खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र बुझाएका छन् ।
बन्द प्रशिक्षण छाड्ने खेलाडीको नेतृत्व गरेका रोहित चन्दले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई आज पत्र बुझाएका हुन् ।
खेलाडीहरूले प्रशिक्षण छाड्नुपरेको घटनाबारे एन्फालाई पत्रमार्फत बेलिबिस्तार लगाएका छन् ।
त्यस्तै अखिल नेपाल फुटबल खेलाडी संघले पनि फुटबल विवादबारे छानविन गर्न ज्ञापनपत्र बुझाएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष विक्रम लामाले महासचिव तुलाधरलाई सोमबार नै पत्र बुझाएका हुन् ।
प्रशिक्षक अल्मुताइरीको एन्फालाई अनुरोध, ‘मविरुद्ध लागेका खेलाडीलाई कारबाही नगर्नू’
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया