दुर्गेश र पलबीच तनहुँमा ३० मिनेट भावुक कुराकानी
काठमाडौं । कलाकार दुर्गेश थापाले बलात्कारको आरोपमा जेलजीवन बिताइरहेका अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश श्रीमती र छोरासहित आइतबार जिल्ला कारागार कार्यालय तनहुँ पुगेका थिए ।
बागलुङ जानेक्रममा बाटो पर्ने भएर कारागार गएर दुर्गेशले पललाई भेटेका हुन् ।
भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट भावुक कुराकानी भएको स्रोतले जनाएको छ ।
पल प्रकरण : नाबालिग गायिकाले पूर्वी नवलपरासीको अदालतमा पनि उस्तै बयान दिइन्
गत सातामात्रै पीडित भनिएको पक्षले पलले बलात्कार नगरेको बरु अरुको उक्साहटमा पलविरुद्ध उजुरी हालेको बयान दिएका थिए । यसबाट पल निकै उत्साहित भएको दुर्गेशनिकट स्रोतले जनाएको छ ।
पलका समर्थकले दुर्गेशले उनलाई फसाएको आरोप लगाइरहेका छन् । यसबीचमा दुर्गेशले पललाई भेटेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया