रुस-युक्रेन युद्धका कारण अफ्रिका संकटमा
किएभ । युक्रेन युद्धले अफ्रिकी देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको युद्धका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।’
उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, उर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ ।
महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे ।
उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया