बिहान छिटो उठ्ने उपाय

काठमाडाैं । धेरै मानिसहरु बिहान उठ्न चाहन्छन् तर कुनै न कुनै कारणले आफ्नो इच्छा पूरा गर्न सक्दैनन् ।
कामको बोझ र थकाईका कारण पनि बिहान समयमै उठ्न सकिएकाे हुँदैन । बिहान छिटाे सजिलै उठ्ने उपाय तल दिइएकाे छ । यी उपाय अपनाए जो पनि बिहान छिटो उठ्न सक्छ ।
१. अर्लामलाई सुतेरै बन्द गर्न सक्ने ठाउँमा राख्नु हुँदैन । यसलाई आफूबाट टाढा राख्नुहोस् । जसलाई बन्द गर्नको लागी ओछ्यानबाट उठ्नु परोस् ।
२. बेलुका कम प्रोटीन भएका खानेकुराहरु खाने बानीले छिटो निन्द्रा लाग्छ । बेलुका छिटाे सुतेपछि बिहान उठ्न सजिलाे हुन्छ ।
३.अर्लाम बज्ने बित्तीकै उठ्ने गर्दै जानुहोस् । यसले छिटो उठ्न मद्दत गर्छ । अर्लामलाई पटक पटक बन्द गर्ने नगर्नुहोस् । यस्तो गर्नाले हामी झनै अल्छी बन्दै जान्छौँ ।
४. बिहान छिटो उठ्नको लागी तपाई सुत्ने बेलामा उत्साहित, खुसी हुनुहोस् । सुत्नुभन्दा पहीले मलाई बिहान छिट्टै उठ्नु छ भन्ने कुरा मनन गर्नुहोस् ।
५. फोन, टेबल या कुनैपनि ईलेक्ट्रोनिक्स सामानहरुलाई साथमा राखेर नसुत्नुहोस् । यस्ता सामानहरु साथमा राख्नाले ढिलो निन्द्रा लाग्छ । जसले गर्दा हामी बिहान छिटो उठ्न सक्दैनौं ।
६ .बिहान छिटो उठ्नका लागि कोठाको तापक्रमले पनि महत्वपूर्ण भूमिका खेल्छ । सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्रीको बीचमा हुनुपर्छ ।
७. बिहान र दिउँसाेकाे घाममा बस्नुपर्छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया