हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौं । दैनिक अखबारहरूले स्थानीय तह निर्वाचनलाई आज विभिन्न कोणबाट चर्चा परिचर्चा गरेका छन् ।
कान्तिपुर दैनिकले एकतिहाइ पालिकामा मात्रै सत्ता साझेदार दलको गठबन्धन कायम भएको लेखेको छ । देशभरका ७५३ स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि २०९ स्थानीय तहमा मात्रै गठबन्धन सफल भएको हो ।
अन्नपूर्णले दुर्गम क्षेत्रको चुनावी माहोलमाथि नजर लगाएको छ । अन्नपूर्णका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिकाका स्थानीय चुनावको कुनै रौनक छैन । स्थानीय घरमा ताला लगाएर लेकतिर उक्लिएका छन् ।
नयाँ पत्रिका दैनिकले वीरगञ्ज महानगरपालिकामा शक्ति र पैसाको बलमा प्रतिस्पर्धा हुन लागेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्र दैनिकमा माध्यमिक तहको शिक्षक परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएको खबर छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया