खनाललाई गुरु भट्टराईको चुनौती, ‘ओली सरकारले एमसिसीमा गोप्य सम्झौता गरेको प्रमाणित भए आजीवन सर्पगोठमा कमारो बस्छु’
काठमाडौं । रेल विभागका पूर्व महाप्रबन्धक गुरु भट्टराईले झलनाथ खनालाई अघिल्लो सरकारले एमसिसीका विषयमा गोप्य सम्झौता गरेको भए प्रमाणित गर्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केपी ओली सरकारले सम्झौतामा सही गरेको कुरा खनालले फेला पारेको बताएको भन्दै यदि ओली सरकारले त्यस्तो गोप्य सम्झौता गरेको भए प्रमाणित गर्न चुनौती दिएका हुन् ।
उनले एमसिसी सम्बन्धमा ओली सरकारले हस्ताक्षर गरेको एउटा कागज देखाए मात्रै पनि आफू जीवनभर खनालको सर्पगोठमा कमारो बस्न तयार गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘म झलनाथ खनाललाई चुनौती दिन्छु–एमसिसी सम्झौता सम्बन्धमा ओली सरकारले हस्ताक्षर गरेको कुनै एउटा चिर्केटो देखाउनुस्, म जीवनभरी तपाइँको सर्प गोठमा कमारो बस्न तयार छु । छ हिम्मत ?’
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया