नेविसंघकाे परिचालन समिति गठन
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
संघले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । नेविसंघका अधयक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिए ।
नेविसंघले प्रत्येक स्थानीय तहमा एक÷एक प्रतिनिधि परिचालन गरेको छ । परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । नेविसंघले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वंयमसेवककाे रुपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उनले बताए ।
यसैबीच नेविसंघले काँग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया