कांग्रेसलाई जिताउनुस् ६५ वर्षमै वृद्धभत्ता दिन्छौं : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिने आश्वासन दिएका छन् ।
मोरङको विराटनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सभापतिसमेत रहेका देउवाले गम्भीर प्रकृतिको रोग लागेकालाई पाँच हजार निर्वाह भत्ता दिने बताए ।
उनले यसको व्यवस्था आफूले पहिले पनि गरेको तर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको आरोप लगाए ।
‘६५ वर्षमै वृद्धभत्ता दिने निर्णय मैले गरेको छु । असाध्य रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ । विकास निर्माणको काम गर्न भएपनि सबैखाले चुनावमा गबन्धनलाई जिताउनुस्’, उनले भने ।
अहिले ७० वर्षमा मात्रै वृद्धभत्ता दिने प्रावधान छ ।
सो अवसरमा सभापति देउवाले गठबन्धन अहिलेको आवश्यकता रहेको बताउँदै यसप्रति कुनै शंका–उपशंका नगर्न आग्रह गरे ।
गठबन्धनलाई कांग्रेसले धोका नदिने उनले स्पष्ट पारे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया