नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाकाे २ करोड ५० लाख घोटाला गरेको भिडियो सार्वजनिक (भिडियाे सहित)

काठमाडाैँ । नेकपाका केन्द्रीय सदस्य, पूर्व सांसद एवं कोरियाका लागि राजदुत भएका कमानसिंह लामाको मृत्युपछि नेकपाका प्रवत्ता जोडिएको एउटा सनसनीपूर्ण भिडियो बाहिर आएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र कमानसिंह लामाबीच शेयर कारोवारको २ करोड बराबरको कुराकानी गोप्य रुपमा खिचिएको भिडियोमा देख्न सकिन्छ । https://www.youtube.com/watch?v=n8AeJdXUfco&feature=emb_logo लामाले नारायणकाजीसँग साढे दुई करोडको हिसाब खोजेको भिडियोमा देख्न सकिन्छ । तर, नारायणजीले उनको खोजेको हिसाबमा गोलमटोल जवाफ दिएका छन् ।
लामाले पनि आफ्नो पैसा फसेको भन्दै आफूले जसरी पनि पाउनुपर्ने बताएको भिडियोमा देखिन्छ ।
नारायणकाजी र कमानसिंह नेकपा चौम हुँदै जनमोर्चामा लागेका थिए । माओवादीमा शान्ति प्रक्रियामा आएपछि दुवै माओवादी भएका थिए ।
बाहिरिएको भिडियो फुटेजको संवादमा लामाले नारायणकाजीकी सहयोगी सुसन कर्माचार्यले दिएको साढे दुई करोडको हिसाब मागेका छन् ।
नारायणकाजी : ३० र ७० प्रतिशतको कुरा हो । ७० प्रतिशत उसले अन्त राख्ने गरी मिलाउन दिनुस न । बैंकमा हामीले तिर्दिने हो भने त दुई करोड ५० लाख मध्ये ५० लाख पो तिर्छौ त ।
कमानसिंह : ५० लाखको कुरा होइन । साढे दुई करोडको सेयर उसलाई दिएको छु । त्यो कम्पनीको पैसा दिएको होइन । मैंले पैसा लिएको छैन । अब सुसनलाई दिएको साढे दुई करोडको सेयर मसँग छैन ।
काजीबीचमैं रोक्दै भन्छन्ः त्यो त अर्कै कुरा हो ।
कमानसिंह : अर्को कुरा गर्नै परेन । त्यो सेयर अहिले मसँग छैन । त्यो सेयरको पैसा मेरो पैसा हो । सुसनको होइन ।
नारायणकाजी : हो त नी ।
कमानसिंह लामा : मेरो पैसामा मेरो नै पैसा कटाउने ? त्यो त भएन । ७० प्रतिशतमा मा उसले सेयर थप्यो भने सेयर उसलाई प्लस हुन्छ । मैंले तिरे मलाई प्लस हुन्छ । यहाँ उधारो कुरा भयो ।
प्रतिक्रिया