संविधानले तोकेको समयमै स्थानीय चुनाव हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले तोकेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार नै निर्वाचन गरिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘संविधान र स्थानीय तह निर्वाचन ऐन अनुसार समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ ।’ संविधानले पाँच वर्षमा स्थानीय तहको निर्वाचन हुनुपर्ने उल्लेख भएकाले सोही अनुसार हुने उनको भनाइ छ ।
साथै हालको सत्तारुढ गठबन्धन संविधान पालना गर्नकै लागि बनेको उनको दावी छ । सरकारले जेठ ५ अघि नै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।
चुनावमा मिति सार्ने कोशिस भए पनि जनस्तरबाट व्यापक दबाव आएपछि सरकारले जेठमै चुनाव घोषणा गर्ने तयारी गरेको हो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया