चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालन
सुनिल मण्डेल/बझाङ
बझाङको सदरमुकाम चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालनमा ल्याएको छ । ‘स्थानीय उत्पादनलाई माया र बढवा दिऔं, कृषि र किसानको गरिमा बढाऔं’ भन्ने नाराका साथ आज बझाङको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घरको उद्धघाटन गरिएको छ ।
कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा बझाङ चिनाउने अभियानमार्फत बझाङ कोशेली घर सञ्चालनमा ल्याइएको हो ।
उक्त कोशेली घरबाट जिल्लाका उच्च हिमाली भेगमा पाइने यार्चागुम्बालगायतका जडीबुटी र स्थानीय स्तरमा उत्पादन भएका सिमी, मास, गुराँस, भाँगो, तिरकुलो, तथा सिस्नाको पिठो, कोदोको पिठो जस्ता विभिन्न अर्गानिक उत्पादन खरिद तथा बिक्री गरिनेछ ।
बजारमा आउने बाहिरका वस्तुले स्थानीय उत्पादन लोप हुने अवस्थामा पुगेको भन्दै कोशेली घर सञ्चालनमा ल्याएको सञ्चालक बसन्त खड्काले बताए ।
स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै आयमा बृद्धि हुने उद्देश्य रहेको उनको भनाइ छ । हिमाली फाँटमा फल्ने अन्नपात तथा जडीबुटी निर्यात गर्दै आएका खड्काले कोशेली घरमार्फत स्थानीय उत्पादनले बजार पाउने विश्वास व्यक्र गरे ।
सुरुवातीमा जडीबुटीको कारोबार गर्दै आएका खड्का अहिले कृषिमा निर्भर छन् । कृषि ज्ञान केन्द्र बझाङको आर्थिक सहयोगमा उक्त कोशेली घर सञ्चालनमा आएको हो । उक्त कोशेली घरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्कबहादुर खड्काले गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया