१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार
काठमाडौं । आज नेप्से १९.२५ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको छ । आज २२३ वटा कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १३ सबै उपसमुहको ४ उपसमूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । यस्तै आज सबैभन्दा बढी हाइड्रोपावर उपसमूहको सेयरमूल्य बढेको छ ।
जसको सेयरमूल्य ३.२२ प्रतिशतले बढेको हो । आज बढेको प्राय कम्पनीहरूको सेयरमूल्य १ प्रतिशत भन्दा कम रहेको छ ।
विकास बैंक, फाइनान्स, म्युचल फण्ड उपसमूहको सेयरमूल्य १ प्रतिशतको हाराहारीमा छ, भने बैंकिङ, नीर्जीवन बीमा कम्पनी, अन्य, माइक्रोफाइनान्सको सेयरमूल्य १ प्रतिशतभन्दा कम छ ।
आज ट्रेडिङ, होटल एण्ड टुरिजम, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधन र जीवन बीमा कम्पनीको सेयरमूल्य घटेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया