मन्त्रिपरिषद्का निर्णय : बढुवादेखि नियुक्तिसम्म
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । जसमा सचिवको बढुवादेखि विश्वविद्यालयको उपकुलपति नियुक्तिसम्म छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल खुला विश्व विद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको बताए ।
साथै, उनले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रवक्ता कार्कीले नेपाल टेलिभिजनको अध्यक्षमा चार वर्षका लागि समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए ।
यस्तै, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढ्वा नियुक्ति गर्ने निर्णयसमेत भएको बताइएको छ ।
यसैगरी, शिक्षक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।
साथै, सफा हिमाल अभियान २०२० मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्भेज धरौटी बापतको रकम छुट दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
प्रवक्ता कार्कीका अनुसार बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।
दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले बुधबार सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णयसँगै विभिन्न दर्जनभन्दा बढी निर्णय गरेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया