नेपाली महिलालाई बहराइन लगेर बेच्ने एजेन्ट २० वर्षपछि पक्राउ
काठमाडौं । २०५८ सालमा अस्पतालको कामका लागि भन्दै बहराइन लगेर नेपाली महिलालाई बेचबिखन गरेका खोटाङका चन्द्र दीप राईलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
राईले बहराइनको अस्पतालमा बिरामीको स्याहार–सुसार गर्ने काममा पठाउँछु भन्दै महिलालाई ५ सय बहराइन दिनार(८ सय अमेरिकी डलर)मा बेचेका थिए ।
मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार राईले ५० हजार रुपैयाँ लिएर ति महिलालाई बहराइन पठाएका थिए ।
महिलालाई अल हुब्बेल म्यानपावर एजेन्सीका सञ्चालक अब्बस ए.आर. अल्वासरीले बहराइन विमानस्थलबाट बुझेर बहराईनी महिलालाई बेचेका थिए ।
पीडित महिलाले अस्पतालको काम भनेर ल्याइएकोमा घरका काममा लगाएपछि काम गर्न अस्वीकार गरेकी थिइन् । त्यसपछि उनलाइ नेपालको मिडिल ईष्ट मेनपावरले बिक्री गरिएकाले भनेको काम गर्नुभन्दै कुटपिटसमेत गरेको थियो ।
उनलाई खानासमेत नदिएर यातना दिएको ब्यूरोले बताएको छ । यौन शोषण गर्ने समेतको प्रयत्न गर्ने गरेको ब्यूरोको दावी छ ।
पीडित महिलालाई नेपाली राजदूतावासको सहयोगमा २०५९ श्रावणमा नेपाल फर्काइएको थियो ।
यसरी नेपाली महिलालाई बहराइनमा बेचेर फरार भएका राईलाइ ब्यूरोले पुस २१ गत २०७८ का दिन काठमाडौंमा पक्राउ गरेको हो ।
५२ वर्षीय राईविरुद्ध जीउ मास्ने बेच्ने कार्य ( नियन्त्रण) ऐन, २०४३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया