फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर ३ रुपैयाँ बृद्धि
काठमाडौं । नेपाल आयल निगमले पुनः तेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार सूचना जारी गर्द पेट्रोलको मूल्यमा ३ रुपैयाँ बढाएको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा रहेकाले मूल्य बढाइएको जनाएको छ ।
आज प्राप्त भएको नयाँ मूल्यलाई विश्लेषण गर्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी तेलको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बृद्धि गरेको छ । नयाँ बढेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पर्ने भएको छ ।
साथै डिजेलको मूल्य १२५ रुपैयाँ कायम गरिएको छ । यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटरमा १० रुपैयाँले बृद्धि गरेर प्रतिलिटर ११६ कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले बृद्धि गरी बिक्री मूल्य १,०९५ कायम गरिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय बजारबाट पेट्राेलमा ४ रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर ७.२४ पैसा, मट्टितेलमा ८ रुपैयाँ ८० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ४८ पैसा बृद्धि भएर आएको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अमेरिकी डलर ८० देखि ९० प्रतिशतसम्म पुगिसकेकाले मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
एलपी ग्यासमा पनि प्रतिसिलिण्डर ८१.६२ रुपैयाँले घटेर आएको बताएको छ । मूल्य घटे पनि ग्यास प्रतिसिलिण्डरमा अझै ५६० रुपैयाँ घाटा रहेकाले हाललाई एलपी ग्यासको मूल्य यथावत नै राखिएको आयल निगमले जनाएको छ ।
साथै निगमलाई अहिले प्रतिदिन २ अर्ब ६० करोड र महिनामा ५ अर्ब २० करोड घाटा हुने स्थिति देखिएको सूचनामा उल्लेख छ । अघिल्लोपटक निमगले माघ ५ गते मूल्य बढाएको थियो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया