कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला
कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका हुन् ।
यस्तै, महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन भएको अध्यक्ष कोइरालाले जानकारी दिए । उनका अनुसार २६ सदस्यीय कार्यसमितिले विदेशमा रहेर काम गर्ने नेपालीको हित र कर्णाली प्रदेशको सामाजिक कार्यमा सहयोग पुर्याउने छ ।
समाजको कार्यसमिति सदस्यमा क्रमशः हरिभक्त ओली (सल्यान), प्रेम बिसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), वीरेन्द्र गिरी (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट), कमल भण्डारी (सल्यान), भक्ति आचार्य (दैलेख), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईँ (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दीपक बुढाथोकी (सल्यान), नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा) लाई चयन गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया