अर्जेन्टिनाको अपराजित यात्रा २९ खेलसम्म कायम
काठमाडौं । अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा २९ खेलसम्म कायम राखेको छ ।
विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत गएराति भएको खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अपराजित यात्रा कायम गरेको हो ।
लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरे ।
अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ भने कोलम्बियाको सम्भावना कमजोर बनेको छ ।
सन् २०१९ कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग हारेयता अर्जेन्टिना अपराजित छ । अपराजित यात्रा तय गरेको अमेरिकाले गत वर्ष कोपा अमेरिकाको उपाधि आफ्नो पोल्टामा पारेको थियो ।
नियमित कप्तान भने योपटक टोली बाहिर छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया