लेखा र राजस्व समूहका १४ अधिकृत उपसचिवमा बढुवा सिफारिस

काठमाडौं । लेखा र राजस्व समूहबाट १४ अधिकृतलाई उपसचिवमा पदोन्नति गर्न सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिवको बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्ने अधिकृतमा लेखातर्फ विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल, रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुइँटेल र तीर्थराज ओझा छन् ।
त्यसैगरी, समूहका तीन अधिकृतको पनि बढुवा सिफारिस भएको छ । जसमा अनीलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे छन् ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया