एक करोड ४८ लाख क्रिप्टो करेन्सी कारोबारमा संलग्न अधिकारी पक्राउ
काठमाडौं । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले नेपालवाचसँग भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको पाइएको छ । उनले प्रयोग गरेको मोबाइलमा पनि १३ लाख रुपैयाँ नेपाली रूपैंया बराबरको अमेरीकन डलर डिजिटल मुद्रा मौज्दात देखिएको छ ।’
प्रहरीले भित्रैसम्म पुगेर अनुसन्धान गरिरहेको प्रवक्ता राठौरले बताए ।
‘अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको र यससँग सम्बन्धित अन्य विषय खुल्दै आएका छन्’, उनले थपे, ‘उनी एक्लै छैनन्, यो क्रिप्टो करेन्सी कारोबारमा समूहगत सहभागिता हुन सक्छ । हामीले यो र यस्तै अनलाइन कारोबारमा संलग्नहरूलाई निगरानी बढाइरहेका छौं ।
क्रिप्टो करेन्सी अहिले देखिएको नयाँ कारोबार भएकाले यसबारे थप उनुसन्धान भइरहेको प्रवक्ता राठौरको भनाइ छ ।
‘हुन त पहिले पनि समय समयमा यस्तै अनलाइन ठगी र कारोबार हुँदै आएको हो । हामीले विदेशी मुद्रा अपचलनलगायत मुद्दामा कारवाहीका लागि सम्बन्धित निकायमा पठाएका छौं र अझै अनुसन्धान हुदैछ’, उनले भने ।
(क्रिप्टो करेन्सीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया