परीक्षण घटाएसँगै संक्रमितको संख्या पनि घट्यो, ११ हजार परीक्षण गर्दा ३६ सयमा पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ६ सय ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
जम्मा ११ हजार ५८२ जनामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै यस अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टाको अवधिमा ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
यस्तै, सक्रिय संक्रमितको संख्या पनि एक सातायता घटिरहेको छ । मन्त्रालयका अनुसार आज देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ लाख १५ हजार ७९६ जनाले कोरोना भाइरसविद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया