परीक्षण घटाएसँगै संक्रमितको संख्या पनि घट्यो, ११ हजार परीक्षण गर्दा ३६ सयमा पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ६ सय ३७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
जम्मा ११ हजार ५८२ जनामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै यस अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, २४ घण्टाको अवधिमा ७ हजार ५ सय ५५ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
यस्तै, सक्रिय संक्रमितको संख्या पनि एक सातायता घटिरहेको छ । मन्त्रालयका अनुसार आज देशभर ६९ हजार २९१ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ लाख १५ हजार ७९६ जनाले कोरोना भाइरसविद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया