एमालेको जिल्ला अधिवेशन स्थानीय चुनावअघि, प्रदेश अधिवेशन भने चुनावपछि
काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचन अघि गर्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचनअघि नै सम्पन्न गर्ने निर्णय गरेको हो ।
यस्तै, आजको बैठकमा स्थानीय तहको निर्वाचन तयारी सम्बन्धमा छलफल भएको थियो । बैठकले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन पनि दिएको छ ।
नेकपा एमालेका अनुसार प्रदेश अधिवेशनका सम्बन्धमा पनि निर्णय भएको छ । अहिले जिल्ला अधिवेशन र स्थानीय तहको निर्वाचन तयारीमा लाग्नुपर्ने भएकाले प्रदेश अधिवेशन चुनावपछि नै गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज सम्पन्न भएको छ । बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ ।
प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ ।— CPN (UML) नेकपा (एमाले) (@umlcpn) February 2, 2022
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया