मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा युवक पक्राउ
बारा । मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.२ बस्ने २० वर्षीय मोहमद अली रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा चोकमा फेटा गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३१ को नरेशप्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको १६० जिसी को अपाचे मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा अलिले लक तोडी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
प्रहरी चौकी भिष्वाडाडाँबाट खटिएको गस्ती टोलीले मोटरसाइकलसहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया