बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सकाे फाइनलमा
काठमाडौं । बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलअन्तर्गत गएराति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल फाइनलमा पुगेको हो ।
पहिलो हाफ बिनागोल सकिएको खेलको ७० औं मिनेटमा सनेगलले गोलको खाता खोलेको थियो । डिएलोले पहिलो गोल गरेको ६ मिनेटपछि गेयी र ८७ औं मिनेटमा मानेले गोल गरेर सेनेगलको अग्रता थप फराकिलो बनाए ।
बुर्किना फासोका लागि टुरेले शान्त्वना गोल गरे ।
योसँगै सेनेगलले आगामी आइतबार फाइनलमा प्रतिस्पर्धा गर्ने छ । इजिप्ट वा क्यामरुनमध्ये जो फाइनलमा प्रवेश गर्छ उसैसँग सेनेगल भिड्ने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया