खेलकुद
बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सकाे फाइनलमा

काठमाडौं । बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनलअन्तर्गत गएराति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल फाइनलमा पुगेको हो ।
पहिलो हाफ बिनागोल सकिएको खेलको ७० औं मिनेटमा सनेगलले गोलको खाता खोलेको थियो । डिएलोले पहिलो गोल गरेको ६ मिनेटपछि गेयी र ८७ औं मिनेटमा मानेले गोल गरेर सेनेगलको अग्रता थप फराकिलो बनाए ।
बुर्किना फासोका लागि टुरेले शान्त्वना गोल गरे ।
योसँगै सेनेगलले आगामी आइतबार फाइनलमा प्रतिस्पर्धा गर्ने छ । इजिप्ट वा क्यामरुनमध्ये जो फाइनलमा प्रवेश गर्छ उसैसँग सेनेगल भिड्ने छ ।
प्रतिक्रिया