आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना
काठमाडौं । आगामी तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ ।
हाल देशभर पश्चिम वायुको प्रभाव बढेको र त्यसले हल्कादेखि मध्यम वर्षा गराउन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार, आज (बिहीबार) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको मौसम पनि आज बदलिने छ । यी दुई प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
सुदूरपश्चिम, कर्णाली , लुम्बिनी, वाग्मती, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भने आज हिमपात हुनसक्छ ।
आगामी शुक्रबार र शनिबारसम्म अवस्था यस्तै रहने मौसमविदले जनाएका छन् । त्यसपछिको अवस्थाबारे भने अहिल्यै यकिन गर्न नसकिने मौसमविद्को भनाइ छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया