आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना
काठमाडौं । आगामी तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ ।
हाल देशभर पश्चिम वायुको प्रभाव बढेको र त्यसले हल्कादेखि मध्यम वर्षा गराउन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार, आज (बिहीबार) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको मौसम पनि आज बदलिने छ । यी दुई प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
सुदूरपश्चिम, कर्णाली , लुम्बिनी, वाग्मती, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भने आज हिमपात हुनसक्छ ।
आगामी शुक्रबार र शनिबारसम्म अवस्था यस्तै रहने मौसमविदले जनाएका छन् । त्यसपछिको अवस्थाबारे भने अहिल्यै यकिन गर्न नसकिने मौसमविद्को भनाइ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया