डा. केसीले सरकारलाई बुझाए सात बुँदे ज्ञापनपत्र
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारमा संघर्षरत डा. गोविन्द केसीले सरकारलाई आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेट्दै उनले सम्झौता कार्यान्वयन गर्न माग गर्दै सात बुँदे ज्ञापनपत्र पनि बुझाएका छन् ।
ज्ञापनपत्रमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवा गुणस्तरीय, निशुल्क, सुलभ बनाउन माग गरेका छन् ।
उनले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्यसंस्था बन्द गराउन उनले सरकारलाई आग्रह गरेका छन् । पूर्वाधार र पर्याप्त जनशक्तिबिना निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको भन्दै उनले यसबाट बिरामी ठगीने तथा मृत्यु हुनेसम्मको अवस्था रहेको उल्लेख गरेका छन् ।
नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रका विद्यार्थीसँग अतिरिक्त रकम माग गरिएको भन्दै डा। केसीले ती कलेजका सञ्चालकलाई कारवाही गर्न पनि माग गरेका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया