राष्ट्र बैंकले माग्यो सात लाखभन्दा बढी कारोबार गर्नेको विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग रु सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरूको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।
केन्द्रीय बैंकले ‘क’ वर्गका सबै बैंकलाई एक साताभित्र कारोबार गर्नेको नाम, खाता नम्बर, कारोबारको मिति र टिप्पणीसहित बैंक सुपरीवेक्षण विभागलाई विवरण उपलब्ध गराउन गत मङ्गलबार पत्राचार गरेको हो ।
विभागका निर्देशक रोशनकुमार सिग्देलले वाणिज्य बैंकहरूलाई पठाएको पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्म भएका रु सात लाखभन्दा बढीको नगद कारोबार गर्नेको पूर्ण विवरण यही माघ २४ गतेसम्ममा उपलव्ध गराउन निर्देशन दिइएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया