शनिबारसम्मै पहाड र तराईमा वर्षा, हिमालमा हिमपात
काठमाडौं । मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर फैलिएकाले यसको प्रभावस्वरूप शनिबारसम्मै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा यही प्रणालीको प्रभावले बिहीबार राति र शुक्रबार बिहान हल्का वर्षा भएको छ ।
महाशाखाका अनुसार, शुक्रबार दिउँसो गण्डकी तथा लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा भने हिमपातको सम्भावना औंल्याइएको छ ।
यो क्रम शनिबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया