पुलिस र च्यासलबीचको खेल तालिका परिवर्तन
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौं चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।
उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो ।
जारी लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११औं स्थानमा रहेको छ भने समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३औं स्थानमा रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया