रामेछापमा थप ९ जनामा कोरोना पुष्टि

पुष्कर खड्का (रामेछाप) – रामेछापमा शनिबार(आज) थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २० जना पुगेको छ ।
शनिबार २७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए।
अधिकृत थापाका अुनसार मन्थली नगरमा १३, रामेछापमा ३४, उमाकुण्ड गाउँपालिकामा १०, खाँडादेवी गाउँपालिकामा १५, गोकुलगङ्गा गाउँपालिकामा ६, लिखुतामाकोसी गाउँपालिकामा २१, दोरम्बा सैलुङ गाउँपालिकामा १ र सुनापति गाउँपालिकामा ११ जना गरी १११ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।
यसैगरी जिल्ला अस्पतालमा ६, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा १ जना गरी ९ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा त्यसैगरी जिल्ला अस्पतालमा १६, उमाकुण्ड गाउँपालिकामा २, लिखुतामाकोसी गाउँपालिकामा ८ र सुनापति गाउँपालिकामा १ जना गरी २७ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया