प्रधानमन्त्रीलाई भेट्दै ओली, सत्ताबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार जाँदै
काठमाडौं । बालुवाटारबाट निष्केको झण्डै सात महिनापछि प्रमुख प्रतिपक्ष दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
एमसिसी पास र स्थानीय तह निर्वाचनको विषयमा सत्ता गठबन्धन दलहरूबीच मतभेद चुलिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई बोलाएका हुन् ।
ओलीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अपरान्त ४ बजे छलफलका लागि प्रधानमन्त्रीले बोलाएका छन् । ‘दिउँसो ४ बजेका लागि भेटघाट गर्न प्रधानमन्त्रीले अध्यक्षलाई बोलाउनुभएको छ’, उनले भने, ‘एमसिसी, स्थानीय चुनाव तथा समसामायिक राजनीतिक विषयमा छलफल गर्न बोलाउनुभएको हो । ४ बजे प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटार जानुहुन्छ ।’
सरकारले एमसिसी प्रस्ताव सदनमा टेबुल गरे आफूले सहयोग गर्ने ओलीले बताउँदै आएका छन् । सत्ता–साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यथास्थितिमा एमसिसी पारित गर्न नहुने अडानमा रहेका छन् ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसिसी पास गर्ने पक्षमा रहेका छन् । विवादको घेराबीच दुई शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपले हेरिएको छ । शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार सर्वोच्चको परमादेशमा असार २९ मा प्रधानमन्त्री नियुक्त भएपछि ओलीले ३० गते बालुवाटार छाडेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया