प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । एमसिसी र स्थानीय चुनावको मितिबारे छलफल गर्न विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।
प्रधानमन्त्रीका स्वकिय सचिव भानुदेउवाका अनुसार छलफलमा सहभागी हुन एमालेबाट अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कर्की सहभागी छन् ।
माओवादी केन्द्रबाट प्रचण्ड एक्लै बालुवाटर पुगेका छन् । एमसिसी, स्थानीय तहको चुनाव लगायत राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले दुवै नेतालाई बोलाएका थिए ।
एमसिसीसम्बन्धमा प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्तरूपमा गरिएको पत्रचार आइतबार मिडियामा सार्वजनिक भएपछि सत्तागठबन्धन दलहरूबीच सम्बन्धमा दरार पैदा भएको छ । विपक्षी एमाले पर्ख र हेरको रणनीतिमा रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया